८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन्।

एमाले र माओवादीले निर्वाचन आयोगसँग छलफल गर्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्र निवाचनसँग सम्वन्धित विषयमा छलफल गर्न निर्वाचन आयोग जाने भएका छन्।

उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवार र राजनीतिक दललाई चुनावमा लागेको खर्च तत्काल बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

राष्ट्रियसभा निर्वाचनको ढोका खुल्यो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताएका छन्।

निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ।

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन्।  भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछि मात्र सत्ता हस्तान्तरण हुने बताउँदै भने, “वाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ।”

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन्।  आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाञ्चल जाँदै

भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधान सभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाञ्चल प्रदेश जाँदै छन् ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी  छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज शुक्रवार राष्ट्रपतिबाट प्रमाणीकरण भएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयुक्तहरूको बैठकले राष्ट्रियसभाका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आज आह्वान गरेको छ ।

रूसमा विपक्षीले नेताले गरे निर्वाचन बहिष्कारको माग

रूसमा विपक्षी नेता एलेक्से नभाल्नीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनको बहिष्कारको माग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्