८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसमा विपक्षीले नेताले गरे निर्वाचन बहिष्कारको माग


मस्को – रूसमा विपक्षी नेता एलेक्से नभाल्नीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचन बहिष्कारको माग गरेका छन् ।

रूसको निर्वाचन आयोगले उनलाई राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिको कारण देखाउँदै उम्मेदवार हुनबाट वञ्चित गराएको थियो ।

उनले विपक्षीको सहभागीता बिना निर्वाचनको औचित्य नरहने बताएका छन् । फौजदारी कसुरमा सजाय पाएका व्यक्ति भन्दै निर्वाचन आयोगले उनलाई राष्ट्रपति उम्मेदवारका लागि अयोग्य ठहर गरेको थियो ।

 रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले राजनीतिक रूपमा प्रेरित भई यस्तो आरोप लगाएको बताउँदै उनले उक्त आरोपको खण्डन गरेका छन् । राष्ट्रपति पुटिन चौथो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुने भएका हुन् ।
नभाल्नी पुटिनलाई चुनौती दिन सक्ने व्यक्तिका रूपमा  चिनिन्छन् ।


 

 

प्रकाशित: ११ पुस २०७४ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App