काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्र निवाचनसँग सम्वन्धित विषयमा छलफल गर्न निर्वाचन आयोग जाने भएका छन्।
एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डल प्रखुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचनसँग सम्बन्धित विषयमा छलफल र ध्यानाकर्षणको लागि आज निर्वाचन आयोग जान लागेका एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जनाए।
प्रतिनिधि सभा तर्फको समानुपातिक नतिजा सार्वजनिक नभएको अवस्थामा दुई दलका नेताहरु आयोग जान लागेका हुन्।
प्रकाशित: १७ पुस २०७४ ०८:४५ सोमबार