८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय

आगामी माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

२४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन्। आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ २४ गते हुने निर्वाचनको व्यवस्थापनका लागि तयार गरिएको निर्वाचन सम्बन्धी कार्यतालिकालाई वुधबार स्वीकृत गरी आयोगले सार्वजनिक गरेको हो।

निर्वाचन अायाेगलाई कानुनी अप्ठ्याराे परे डा.केसीसँग सोध्नु: अोली

बै‌ंकक जानु अघि ओलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारका दवावबाट व्ल्याकमेलिङ भएको सुनिन्छ । कति साँचो हो उहाँहरुले जान्नुपर्दछ । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अप्ठ्यारो लाग्यो भने गोविन्द केसीसँग सोधेपनि हुन्छ । गोविन्द केसीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ।’

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा, र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ।

‘राष्ट्रियसभाको निर्वाचनपछि सरकारको गठन प्रक्रिया शुरु हुने’

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ भने।

राष्ट्रियसभा निर्वाचनका लागि १० दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।

निर्वाचन, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

‘कानून नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको तुक छैन्’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताएका छन्। झापाको दमकमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले भने– ‘काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ।’

निर्वाचन परिणामको समीक्षा गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ। नेविसंघले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो।

राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्।  पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो।

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुने

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्