सम्पदाबस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन
भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कुल ३० करोड विनियोजन भएको छ। काठमाडाैं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कुल एक करोड २० लाख निकासा गरिएको छ।
भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कुल ३० करोड विनियोजन भएको छ। काठमाडाैं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कुल एक करोड २० लाख निकासा गरिएको छ।
विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन्। पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन्।
भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागमार्फत ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण कार्यमा परम्परागत शैलीका बलिया घर बनाएर हाम्रो मौलिकता जोगाउन सकिन्थ्यो। तर, त्यसो नगरीकन गाउँ–गाउँमा पक्कीघर बनाउने लहर चलेको छ।
भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि रसुवामा ३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ। जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भइसक्दा ३ अर्ब २४ करोड ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको हो।
जापानले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुर्याउन चार लाख ३४ हजार अमेरिकी डलर (करिब चार करोड ९० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।
करिब चार वर्षअघि भूकम्पले उनको घर ढालिदियोे। अनुदान पाएको पैसामा साढे दुई लाख थपेर साढे पाँच लाखमा बनाएको घर पनि आगोले खाइदियो। रुवीभ्याली गाउँपालिका–५, लापाका सोनाम तामाङ रुखबाट लडेकी छोरीलाई उपचार गराउन सदरमुकाम धादिङबेंसी नजिकै दामगाडेमा डेरा लिएर बसेका छन्। उनका पत्नी, छोरा, बुहारी, छोरी, दुई नातिनी गाउँमा कन्तबिजोग अवस्थामा छन्।
भूकम्पपछिको पुनर्निर्माणभित्रका थुप्रै समस्या बाँकी छन्। भूकम्पमा घर भत्किएका तथा लाभग्राही सूचीमा नाम नभएकाहरू, सम्झौता गर्न विविध कारणले रोकिएकाहरूको घर कहिले र कसरी बनाउने भन्ने चिन्ता थियो। यस्तैमा रसुवामा जनता आवास भन्ने कार्यक्रम यस वर्षदेखि भित्रियो। सहरी विकास तथा भवन डिभिजन कार्यालयको संयोजनमा सुरु भएको यो कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले धेरैले दुःख पाइरहेका छन्।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ। शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकलाई जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।
२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक बौरिँदै जान थालेको छ। ५७ हजार प्रभावित परिवारले नयाँ घर पाएका छन्। सहरको छनक दिँदै ठडिरहेका गाउँ–बस्तीको पुनर्निर्माण लगभग अन्तिमतिर पुगेको छ।
चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।
भूकम्प गएको ४५ महिना बितेछ। यसले गरेको विनाश, दिएको चोट र क्षतिको कुरा धेरै गरियो। बोलियो अनि लेखियो पनि। तर समस्याहरू खातका खात बाँकी छन्। लेखाइको माध्यमबाट सरोकारवालाहरूको ध्यानाकर्षण र पीडितलाई न्याय दिलाउन सकिन्छ कि भनेर लेख्ने प्रयास निरन्तर गरिरहेकी छु।
धेरैपटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौँ। क्यानाडाको थम्सन रिभर युनिभसिर्टीबाट अएको अध्ययनटोलीसँग यात्रा भयो। तीन सदस्यीय टोलीले भूकम्पपछि हाकुका बिस्थापितहरूको अवस्थाबारे अनुशन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा. बाला, क्यानडाका प्रोफेसर जेफ मोर र वातावरणविद् सिजल पोखरेल थिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माण कार्यको जिम्मेवारी हस्तान्तरण गरेको जनाएको छ । प्राधिकरणले पुनर्निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक स्रोत साधनसहित तल्लो तहमा अधिकार हस्तान्तरण गरेको हो ।
बाँस वा निगालोबाट चोया बनाउनु अनि डोको–थुन्से बुन्नु र तिनलाई बजारमा बेच्नु रीकी संगीता तामाङको दैनिकि हो। २०७२ सालको भूकम्पले गाउँमा बस्नै नसक्ने भएपछि सदरमुकाम धादिङबेसीनजिकैको दामगाडेमा अस्थायी टहरा बनाएर बसिरहेकी तामाङ दैनिक जीविकोपार्जनका लागि डोको, थुन्से बुन्ने गर्छिन्। बिहानको काम सकेर पारिलो घाममा उनी निगालोको चोयाबाट थुन्से बुन्ने गर्छिन्। उनको कोठा निगालो अनि थुन्सेले भरिएको छ।