सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर
सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन्।