१५ वैशाख २०८१ शनिबार
image/svg+xml

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'

जे बोल्छौं त्यो गर्छौं, गठबन्धनका कारण जित सुनिश्चित भइसक्योः ओनसरी घर्ती

‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौं। जे बोल्छौं, त्यो गर्छौं। आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ। घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ। कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ। हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। गठबन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’

निर्वाचनमा महिलाको सहभागीता कम भयोः ओनसरी घर्ती

निर्वाचनमा पनि महिलाहरुको सहभागीता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्। नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्