१ माघ २०८१ मंगलबार
image/svg+xml

अमेरिका र तालिबानको वार्ता सकियो

संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ। यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो।

अमेरिकामा हिंसा, बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमा ४० हजारको मृत्यु

अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन्। यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकामा १२२ मेक्सिकन पक्राउ

अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन्। मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ।

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

अमेरिकामा केही घण्टामै अर्काे गोलीकाण्ड, सुटरसहित ९ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सासमा गोलीकाण्ड भएको केही घण्टामै अर्काे राज्य ओहायोमा पनि अन्धाधुन्ध गोली प्रहार भएको छ।

अमेरिका र तालिबानबीच दोहामा वार्ता जारी

संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ।

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्। चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धले विदेशमन्त्री जरिफको संयुक्त राज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्ने छ।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ।

अमेरिकाको एक पसलमा गोली चल्याे, दुई जनाको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा बिहान गोली चलेको छ। अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन्।

अमेरिका–चीन व्यापार वार्ता साङ्घाईमा शुरु

एक वर्षदेखि जारी अमेरिका–चीन 'व्यापार युद्ध'को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता साङ्घाईमा बुधबार पुनः शुरु भएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ।

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहारः चीन

अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

सैन्य कोषबाट मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाइने

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्