६ आश्विन २०८१ आइतबार
image/svg+xml

ब्राउन सुगरसहित नागढुंगाबाट दुई जना पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो।

पेस्तोलसहित चार पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

लुकिरहेकाे स्थानबाट विप्लव जनसरकार प्रमुख र जिल्ला सदस्य पक्राउ

विप्लव नेतृत्वको नेकपा तनहुँका जनसरकार प्रमुख ६६ वर्षिय शिवशंकर अधिकारी र उक्त पार्टीका जिल्ला सदस्य टेकबहादुर विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। दुवैलाई भानु नगरपालिका–२ आमबोटेबाट लुकिरहेको अवस्थामा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए।

लागूऔषध कारोवारमा संलग्न १७ जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खोजी गर्दा जिल्लामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ ।

बलात्कार आरोपमा प्रहरी पक्राउ

मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्।

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

६० किलो गाँजासहित एक भारतीय पक्राउ

सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

बाघको छालासहित पाँच पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् ।

हात्तीको दारासहित दुई पक्राउ

प्रहरीले हात्तीको दारासहित दुईजनालाई बिहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ कौशलटारमा महानगरीय प्रहरीपरिसर भक्तपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ल्याप्टप चोर्दा २ वर्ष जेल, छुटेर अनामनगरमा फेरि ठूलो चोरी गर्न खोज्दा...

महानगरीय प्रहरीले काठमाडौंको अनामनगरबाट ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। अनामनगरमा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको ढोका फोडेर दराज तोडफोड गरी सेफभित्र राखिएको ६ लाख रुपैयाँ चोरी गर्ने घरान घर भई अनामनगर बस्ने २३ वर्षीय कृतन राईलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले भाग्दै गरेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरेको हो।

खैरो हेरोइनसहित एक पक्राउ

नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्