६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चितुवाको छालासहित ५ जना पक्राउ

भक्तपुर–महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले यही १८ गते भक्तपुरस्थित सुर्यविनायक चोकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ बर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ बर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णु बहादुर माझी रहेका छन्। उनीहरुको साथबाट चितुवाको छाला जस्तो देखिने जंगली जनावरको छाला २ थान र भालुको पित्त जस्तो देखिने पदार्थ बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: १९ वैशाख २०७६ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App