२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौँ- नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ।

पहिरोबाट पीडितलाई राहत र उद्धारमा सकस

बाढी र पहिरोबाट पीडितलाई राहत र उद्धारकालागि सकस परेको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला दैवी उद्धार प्रकोप समितिको सुस्तताका कारण पीडितले समयमै राहत पाउन सकेका छैनन् । सोमबार रातिदेखि अबिरल वर्षाका कारण पहिरोको क्षति उच्च रहेपनि बुधबार बिहानमात्रै दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो।

राहत र पुनःस्थापनामा ७५ करोड

बाढी, पहिरो र डुबानबाट पीडित भएकालाई तत्कालै उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले ७५ करोड रूपैयाँ निकासा गर्ने भएको छ। केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकले वर्षापछि निम्तिएको विपत्तिलाई तत्कालै सम्बोधन गर्न प्रभावित जिल्लामा उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।

बाढिपहिरो पीडितलाई तत्काल उद्दार र राहत देउः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरमले बाढिपहिरोको प्राकृतिक विपत्मा परेकाहरुलाई तत्काल उद्दार र राहत सहयोग पुर्याउन सरकारलगायत सरोकारवालासँग माग गरेको छ। बाढिपहिरो र डुबानका कारण तराई तथा पहाडका जिल्लाहरुमा हजारौं घर डुबानमा परेका, पहिरोमा बगेका तथा सयौंले ज्यान गुमाएका तथा कयौं व्यक्ति जोखिममा फसिरहेको भन्दै उक्त पार्टीले राहत सहयोग तथा उद्दार कार्य तत्काल अघि बढाउन आग्रह गरेको हो।

पीडितले पाएनन् राहतको ट्याक्सी

सरकारले भूकम्पपीडितलाई राहतस्वरूप ट्याक्सी दर्ता गरी चलाउन दिने निर्णय गरेको एक वर्ष बितिसक्दा पनि पीडितका नाममा दर्ता खुला हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अघिल्लो वर्ष जेठमा भूकम्पले अति क्षतिग्रस्त १४ जिल्लाका बासिन्दालाई १ हजार ५ सय थान ट्याक्सी दर्ता गरी चलाउन दिने निर्णय गरेको थियो।

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

काठमाडौं- सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्यूठानमा पहिरोमा परि मृत्यु भएका ८ परिवारलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको बताएकी छन्।

उद्दार तथा राहतका लागि तयारी अवस्थामा रहन समितिको निर्देशन

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले बर्षायाममा हुने प्राकृतिक विपद् व्यवस्थापन गर्न समन्वयात्मक विशेष कार्य संचालन केन्द्र संचालन गर्न निर्देशन दिएको हो।

भूकम्पपीडितको राहत सामग्री क्षेत्रीय गोदाममै कुहियो

इटहरी– भूकम्पपीडितका लागि दाताबाट प्राप्त राहत सामग्री समयमै वितरण गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सुनसरी इनरुवाको गोदाममा राखेको खाद्य सामग्री कुहिएर काम नलाग्ने भएको छ। उच्च प्रविधियुक्त गोदाम नहुँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काट्न थालेको छ।

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।

ग्यास बिस्फोटमा मृत्यु हुनेका परिवारलाई ४० लाख राहत

काठमाडौ-ललितपुरमा ग्यास बिस्फोटमा परी ज्यान गुमाउने तीन जनाको परिवारले ४० लाख रुपैयाँ राहत रकम पाएका छन्।

तीनचौथाइ राहत फुर्मासी

वैशाख- नेपालमा कार्यरत अधिकांश एनजिओ/आइएनजिओ पीडितका नाममा उठाएको दानको ठूलो हिस्सा आफ्नै लागि खर्चने भड्किलो कार्यशैलीले बद्नाम छन्। उनीहरुले भूकम्पपीडितका नाममा उठाएको रकममा समेत मानवीयता देखाउन सकेनन्, ठूलो हिस्सा आफ्नै तलबभत्ता, यातायात, इन्धन, गोष्ठी एवं प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा खर्चिंदा पीडितले उचित राहत पाउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्