९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ग्यास बिस्फोटमा मृत्यु हुनेका परिवारलाई ४० लाख राहत

काठमाडौ-ललितपुरमा ग्यास बिस्फोटमा परी ज्यान गुमाउने तीन जनाको परिवारले ४० लाख रुपैयाँ राहत रकम पाएका छन्। जेठको पहिलो साता एचपी ग्यास बिस्फोटमा परी मृत्यु भएका ललितपुरका सुरेश ताम्राकार, धु्रव ताम्राकार र राजेश ताम्राकारको परिवारलाई नेपाल एलपी ग्यास उद्योग संघले बुधबार ४० लाख रुपैयाँ राहात रकम प्रदान गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए। ‘पीडितसँगको छलफलपछि तीन परिवारले ४०लाख रुपैयाँ पाएका छन्,’ प्रजिअ शर्माले भने, ‘उपचारको क्रममा लागेका एक लाख रुपैयाँ पनि उद्योगीलेनै व्यहोरेका छन्।’  लिखित रुपमा ४० लाख रुपैयाँ दिए पनि मृतकका छोराछोरीको शिक्षादिक्षामा सहयोग गर्ने सहमति भएको बताइएको छ। बिमा बापतको रकम पाउने सम्भावना कम भएपछि मृतक परिवारलाई उक्त रकम दिलाएको प्रजिअले बताए।

 

प्रकाशित: ८ असार २०७३ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App