१२ असार २०८१ बुधबार
image/svg+xml

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

हेलिकप्टर चढेर आउन सक्नेलाई जिताउनु: आरजु राणा

प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकि नेतृ आरजु राणा देउवाले हेलिकोप्टरमा चढेर आउनसक्ने ब्याक्तिलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्।

गठबन्धनको जीत सुनिश्चित छ: डा. आरजु राणा

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरु देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन्।

आरजुका निम्ति ‘अटेरी धनगढी’

ओझा फ्याक्टरले आरजुलाई असर पार्ने देखिएपछि पछिल्लो समय आरजुनिकट नेताहरू ओझालाई फकाउने कोशिस गरिरहेका छन्। ओझामाथिको कारबाही फुकुवा नहुँदै उनको घरमै पुगेर फकाउने कोसिस गरिएको छ।

बागलुङ-२ मा आरजुको सिफारिसपछि माओवादीको ‘प्रचण्ड’ कार्ड

शनिबार नेपाली काँग्रेस बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्‍यो।

काँग्रेस बागलुङ क्षेत्र नम्बर २ बाट आरजु राणासहित १० जनाको नाम सिफारिस (नामावलीसहित)

काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।

टिकटकमा रमाइलो गर्नुभन्दा महिलाका अधिकार र मुद्दाका बारेमा कुरा उठाऔँ: आरजु राणा

मंगलबार नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तीजको महत्व र गरिमालाई घट्न दिन नहुने बताइन्। पछिल्लो समय टिकटकका कारण तीजको मौलिकता हराउँदै गएको उनले बताइन्।

भारत भ्रमणमा आरजु राणासँगको भेटलाई षड्यन्त्र बनाएर प्रचार गरियोः प्रचण्ड

‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो। त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ। यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला।’

आरजु र प्रचण्डको दिल्लीमा भेट

भेटको क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र दाहाल पुत्री गंगा दाहालको उपस्थिति थियो। यसअघि शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि दाहाल र आरजुबीच भेटवार्ता भएको थियो।

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह

नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गरेकी हुन्।

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न डा. देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छिन्।

कांग्रेस महाअधिवेशनः आरजुको क्षेत्रमा तँछाडमछाड

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्