७ आश्विन २०८१ सोमबार
image/svg+xml

एमालेमा विद्रोहको तयारीः नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलगअलग परामर्श

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले अघि बढ्न विधान संशोधनलगायतका प्रक्रिया सुरु गरेपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।

अध्याँरो सुरुङमा छिर्दैनौँ

एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।

हामी कसैको सामु शिर निहुर्‍याउँदैनौं: नेता नेपाल

कार्यक्रममा बोल्दैनेता नेपालले आफूहरु कसैको सामु शिर न निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे। आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ। उनले भने, ‘हामी अगाडी बढ्छौँ दृढताका साथ। शिर निहुराउने छैनौँ। कसैको टाङमुनि छिर्ने छैनौँ।

नरम बन्दै नेपालः अझै भेटिएन मिलनबिन्दु

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्। प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरूपणमा भने सशक्त रूपमा उत्रिन सकेका छैनन्।

नेपाल पक्षको मागः सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्नु पर्ने

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ।

केपी ओलीले जति नै गाली गरेपनि म पार्टी एकतावद्ध होस भन्ने पक्षमा छुः माधव नेपाल

‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छ। पार्टी एकतामा जोड दिन चाहन्छु।’

‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’

‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ।’

एकताको पक्षमा प्रयासरत छुः माधव नेपाल

‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ। केही सहमति भएका छन्। केही विषयमा अझै वार्ता जारी छ। यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ। एकता हाम्रो इच्छा हो। चाहाना हो,' उनले भने, 'अहिलेसम्म वार्ताबाट आएका सहमतिहरु त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौँ। प्रयासरत छौँ भनेर भन्नुभो।’

ओली-नेपालबीच संवादको तयारी: अधिकार बाँडफाँटबारे छलफल चल्दै

संविधान त एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ आगमी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न। खासगरी महाधिवेशनसम्म दुवै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहनेगरी अघि बढ्ने हो।

‘अध्यक्ष होइन,अधिकार चाहिन्छ’

नेपालले आइतबार बिहान धेरै समय ‘पर्ख र हेर’ को अवस्थामा बस्ने स्थिति नभएकाले निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्ने अवस्था आएमा एमालेमै बस्न सकिने सन्देश ओलीलाई पठाएका छन्। तर ओलीले नेपालको सन्देशको कुनै जवाफ दिएका छैनन्।

‘हस्ताक्षर’मा अड्कियो एमाले एकता

‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ।’

तुईनबाट युवक खसेको घटनाकाे छानबिन गर्न सरकारसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

ओलीको बोलीले टरेको सहमति

७ गते साँझसम्म पार्टी एकताकै पक्षमा धारणा राख्दै आएका एमाले नेता नेपाल त्यस दिनको ओलीको ‘क्षमादान’ सम्बन्धी भिडियो हेरेपछि ‘अब सकियो’ भन्ने निष्कर्षमा पुगेका थिए।

नेपाल पक्षको अडान : समान अधिकारसहितको एकता

स्रोतका अनुसार नेम्वाङ र पौडेलेको प्रस्तावमा नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष बनाउने उल्लेख छ। नेपालले भने यो विषय पहिला नै आएको भन्दै विश्वास गर्ने आधार अझै नबनेको टिप्पणी गरेका छन्। विधान संशोधन गरेर सुनिश्चित हुने अवस्था आएमात्रै यो प्रस्तावमा अघि बढ्न सकिने उनको अडान छ।

ओली नरम हुँदा नेपाल कडा

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्