ओसाका क्वार्टरफाइनलमा
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय ८१औं वरीयताकी तोमोभाविरुद्ध ७–५,६–३ को जित हात पारिन्।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय ८१औं वरीयताकी तोमोभाविरुद्ध ७–५,६–३ को जित हात पारिन्।
बुबा पुरुषोत्तम हालसम्म प्रेरणाको वैदेशिक प्रशिक्षणका लागि व्यक्तिगत १ करोड २५ लाख रुपियाँ खर्च गरिसकेको दाबी गर्छन्। आफ्नो क्षमता यहाँभन्दा माथि नरहेको बताउने उनी सहयोगी हातको अपेक्षामा छन्।
मित्रराष्ट्र इन्डोनेसियाको योकार्ता सहरमा जारी २४औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ।
नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।
डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले युएस ओपनको उपाधि रक्षा गर्ने अभियान जारी राख्दा शनिबार अमेरिकी स्टार कोको गाउफलाई स्तब्ध बनाएकी छन् ।
हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता भदौ ५ र ७ गते हुने भएको छ ।
छैटौं एसियाली विद्यालय टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ।
दुई देशबीचको टकरावका बावजुद भारतको टेनिस टोली डेभिस कपको आफ्नो समूहको खेल खेल्न पाकिस्तान जाने भएको छ। सन् १९४७ मा स्वतन्त्र भएपछि तीन पटकसम्म युद्ध भएको पाकिस्तान र भारतबीच विभिन्न क्षेत्रको भूभागका विषयलाई लिएर लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ। जसका कारण यी देशबीचको खेलमा पनि प्रभाव पर्ने गरेको छ। पाकिस्तानी टोली भारतमा आउने भए पनि भारतले भने आफ्ना खेलाडीलाई पाकिस्तान जान विभिन्न बहानामा रोक लगाउँदै आएको छ।
आगामी मंसिरको तेस्रो सातादेखि नेपालमै हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लन टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ।
भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।
भुटानमा जारी पाँचांै संस्करणको भुटान–भारत मैत्रीपूर्ण लन टेनिस लन टेनिस प्रतियोगिता २०१९ मा नेपालले बिहीबार मिश्रित नतिजा ल्याएको छ। बिहीबार भएको ४५ वर्षमाथि समूहमा नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले भारतका देवनम लामालाई ६–१, ६–२ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका छन्। बिहीबारै भएको पुरुष एकलमा भने थापा भारतकै केने सेवाङसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए।
भेट्रान्स नेपाली टेनिस खेलाडी कमल थापाले मंगलबारबार सुरु पाँचाैं संस्करणको टेनिस प्रतियोगिता २०१९ मा विजयी सुरुआत गरेका छन्।
बजेट अभावका कारण रोकिएको पोखरा रंगशालाभित्रको टेनिस कोर्ट सात महिनापछि यसै सातादेखि निर्माण सुरु हुने भएको छ । कास्की जिल्ला टेनिस संघले बजेट अभावमा अड्किएको पूर्वाधारको काम पुनः सुरु गर्ने तयारी गरेको हो । बजेट आएपछि फेरि कामले गति लिने टेनिस कोर्ट निर्माण समितिका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए । ‘बजेट रोकिएको थियो, त्यसले सात महिना काम ठप्पै भयो,’ भुजेलले भने, ‘फेरि बजेट आएको छ, यसै हप्तादेखि काम अगाडि बढाउँछौं ।’
अस्लेघ बार्टीले तत्कालै पहिलो ग्रान्ड स्लामको रूपमा फ्रेन्च ओपन जित्ने लक्ष्य नभए पनि सफलता प्राप्त गरेको बताउँदै अझै विश्व नम्बर एक हुने योजनामा रहेको खुलाएकी छन्।
सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार आइभन हो लिसानेविच र प्रेरणा कोइराला च्याम्पियन बनेका छन्। पुरुष सिंगल्समा आइभन तथा महिलामा प्रेरणा च्याम्पियन भएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे।