काठमाडाैं – भेट्रान्स नेपाली टेनिस खेलाडी कमल थापाले मंगलबारबार सुरु पाँचाैं संस्करणको भुटान–भारत मैत्रीपूर्ण टेनिस प्रतियोगिता २०१९ मा विजयी सुरुआत गरेका छन्।
थापाले मंगलबार भएको पुरुष एकलतर्फ भुटानका टासी दोर्जेलाई ७–५ र ७–६ को सेटमा पराजित गरे। त्यस्तै मंगलबारै भएका अन्य खेलमा पुरुष एकलमा एवन लिसानोभिचले भुटानकै जिग्मे नोर्बुलाई ६–०,६–२ को सेटमा हराउँदा महिला एकलतर्फ अश्लेषा लिसानोभिचले भुटानकी चेम्चो हेमलाई ६–०,६–० ले हराउँदै अघिल्लो चरण प्रवेश गरिन्।
भुटान लङ टेनिस महासंघको आयोजनामा भएको उक्त प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी रहनेछन्। प्रतियोगिता मंगलबारबाट आइतबारसम्म चल्नेछ।
प्रकाशित: १८ असार २०७६ ०२:५२ बुधबार