४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भागबण्डामा न्यायाधीश नियुक्ति गर्दाको परिणाम : बिजुक्छें

उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको संकेत गर्दै सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्नु, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियक्तिका लागि परमादेश दिनुलाई संसदको सर्वोच्चता माथिको आक्रमण भएको बताए।

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

‘संसद पुनस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।

स्वास्थ्य सामाग्री बोकेर मजदुर किसान पार्टीका सचिव जुम्लामा

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री बोकेर जुम्ला आइपुगेका हुन्।

पैसाको निम्ति डाक्टर बनेकाहरु युद्धको बेला भाग्ने सिपाहीँजस्ता: बिजुक्छेँ

‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो, यसैले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन्।’

गणतन्त्रमा निर्वाचित राजाहरु देखिए : सुवाल

पार्टीले सुरुदेखि नै समाजवादी गणतन्त्रको लागि संघर्ष गरिरहेको बताउँदै अहिलेको व्यवस्था पूँजीवादी गणतन्त्र भएकाले अहिले जनताले दुःख पाइरहेको समेत बताए।

नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको उनको भनाइ छ।

दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, यसको विकल्प छैनः बिजुक्छेँ

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेँले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।”

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्