१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रमा निर्वाचित राजाहरु देखिए : सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधिसभा सदस्य प्रेम सुवालले गणतन्त्रमा पनि निर्वाचित राजाहरु देखिएको बताएका छन्।

समसामयिक विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले आयोजना गरेको जुम अन्तरक्रियामा सचिव सुवालले अहिलेको गणतन्त्र पूँजीवादी गणतन्त्र भएकाले यो व्यवस्थामा कामदार जनताले गणतन्त्रको अनुभूति गर्न गर्न नपाएको बताएका हुन्।

उनले जनताको मत पाएर जनप्रतिनीधि भएका व्यक्तिहरुमा पहिलाका राजा–महाराजाहरुको संस्कार र प्रवृत्ति हावी भइरहेको बताउँदै गणतन्त्रमा पनि अन्धविश्वास हुनु विडम्वनाको विषय भएको बताए।

‘अहिले पनि निर्वाचितहरु पहिलाका राजा महाराजाहरुजस्तै गरी सेवा सुविधा लिने स्वभाव देखिएका छन्, मन्दिर धाउने, पूजाआजा गर्ने गरेका छन्,’ उनले भने।

उनले आफ्नो पार्टीले सुरुदेखि नै समाजवादी गणतन्त्रको लागि संघर्ष गरिरहेको बताउँदै अहिलेको व्यवस्था पूँजीवादी गणतन्त्र भएकाले अहिले जनताले दुःख पाइरहेको समेत बताए। उनले आज आउने बजेटले पनि औपचारिकतामात्रै पूरा गर्ने र त्यसले काम गरी खाने वर्गको जीवनमा तात्विक प्रभाव नपार्ने पनि प्रतिक्रिया दिए।

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App