३ मंसिर २०८१ सोमबार
image/svg+xml

मुढोले हिर्काउँदा किशोरको मृत्यु

मुढोले हिर्काउँदा खोटाङमा किशोरको मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको मृत्यु भएको हो ।

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।  उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान सत्यवती गाउँपालिका ६ बाट उल्लीखोलातर्फ जाँदै गरेको लु २ त १८१७ नम्बरको ट्रयाक्टर खैरेनीमा दुर्घटना हुँदा हरिसकुमार शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

विषादी सेवन गरेका एक बालकको मृत्यु

सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ।  गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ।

भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

शक्तिशाली भूकम्प जाँदा इराक र इरानमा कम्तीमा सय जनाको मृत्यु

इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

कैलालीको चुरेमा बस दुर्घटना हुँदा ३ को मृत्यु ३३ घाइते

बैतडीको मेलौरीबाट महेन्द्रनगर आइरहेको यात्रुवाहक वस भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा आइतवार विहान दुर्घटनाग्रस्त हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतवार बिहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो।

डेंगुकाे कारण रौतहटमा एक जनाको मृत्यु

डेंगु रोगको संक्रमणकाे कारण रौतहटमा एक जनाकाे मृत्यु भएकाे छ । दुई हप्तादेखि फैलिएको डेंगु रोगले दुई दर्जनभन्दा बढी बिरामी परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका ४० वर्षीय मोतीराम गोलेको डेंगुका कारण मृत्यु भएको हो । रोगको संक्रमण देखिएपछि उपचारको लागि भरतपुर लगिएका गोलेको उपचारकै क्रममा मृत्यु भएको हो ।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ।  सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो।

बैतडीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

लमहीमा ट्रक र जीप ठोक्किदा दुई महिलाको मृत्यु

दाङको लमहीमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका १ ‘नर्ति’मा ट्रकले जीपलाई ठक्कर दिदा ट्याक्सीमा सवार दुई महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दैलेखमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

मोटरसाइकल दुुर्घटनामा एकको मृत्युु

मोटरसाइकल दुर्घटनामा गएराति एकजना युुवकको मृत्यु भएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्