३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

डेंगुकाे कारण रौतहटमा एक जनाको मृत्यु

रौतहट, कात्तिक २६–डेंगु रोगको संक्रमणकाे कारण रौतहटमा एक जनाकाे मृत्यु भएकाे छ  । दुई हप्तादेखि फैलिएको डेंगु रोगले दुई दर्जनभन्दा बढी बिरामी परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका ४० वर्षीय मोतीराम गोलेको डेंगुका कारण मृत्यु भएको हो । रोगको संक्रमण देखिएपछि उपचारको लागि भरतपुर लगिएका गोलेको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुई हप्तादेखि फैलिएको रोगको संक्रमणबाट बिरामी परेकालार्इ अाफन्तहरूले चन्द्रपुर, हेटौँडा, भरतपुर तथा काठमाडौँसम्म पुराएर उपचार गराइरहेका छन् । एकै परिवारका अधिकांश सदस्यमा रोगको लक्षण देखिएको वडा अध्यक्ष बिरु रखालले बताए । 'रोगको विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा पनि चासो लिइएकाे छैन् । डेंगुले महामारीको रुप लिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । रोगको नियन्त्रणका लागि सम्बन्धित निकायले छिटै ध्यान दिनुपर्ने देखिएकाे छ,'उनले भने ।

 

प्रकाशित: २६ कार्तिक २०७४ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App