२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वैशाखभित्र प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन गर्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आगामी वैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोग र सरकारलाई निर्देशन दिएको छ।

कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट, १६१ जनाको कार्यसमिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट चुनिने भएका छन्। संघीय संरचना अनुसार विधान संशोधनका लागि राजधानीमा जारी कांग्रेसको महासमिति बैठकका क्रममा मंगलवार नेताहरूबीच केन्द्रीय पदाधिकारी निर्वाचनबाट छान्ने सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी भएको छ। शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ। मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन्।

इञ्जिनियर्स एशोसिएशनको निर्वाचन : मतदान जारी

नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ। केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ पदका लागि चुनाव हुन लागेको हो। एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ।

चुनावसँगै चर्चाकाे फिल्म

भारत यतिबेला निर्वाचनको माहौलमा छ। यहाँको मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्य चुनावमय बनेको छ। यी राज्यको चुनावी परिणाम सार्वजनिक भएपछि भारतका मतदाता र राजनीतिक दल लोकसभाको चुनावमा सक्रिय हुनेछन्।

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ।

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियर संगठित हुनुपर्छ’

सन् १९६२ मा गठन भएको नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैँ गर्दा इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन्। अहिले प्रगतिशील इन्जिनियर समूह र लोकतान्त्रिक इन्जिनियर समूह चुनावी मैदानमा उत्रिएका छन्।

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी विजयी भएका छन्। शनिबार सम्पन्न मतदानको मत गणना अनुसार विपक्षी दयाराम पौडेललाई ७५ मतान्तरले पछि पार्दै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।

चुनावी भड्किल्याइँको सीमा के?

निर्वाचन लोकतन्त्रको महत्वपूर्ण स्तम्भ हो र निर्वाचन सञ्चालन गर्न निर्वाचन आचरसंहिता आवश्यक छ। निर्वाचन आचारसंहिताको पालना गर्ने/गराउने र सोको उल्लंघन भएको सम्बन्धमा छानबिन तथा अनुगमन गरी कारबाहीसम्म गर्न पाउने स्वतन्त्र निकायका रूपमा विभिन्न मुलुकमा निर्वाचन आयोगको गठन गरिएको हुन्छ। निर्वाचन आचारसंहिताको एक प्रमुख विषयका रूपमा राजनीतिक दलहरूले निर्वाचनमा गर्ने खर्च तथा समग्र रूपमा राजनीतिक दलको कोषलाई व्यवस्थित र पारदर्शी बनाउने भन्ने व्यवस्था गरिएको हुन्छ।

पुनः मत गणनाको उजुरी खारेज

गत वर्ष भएको स्थानीय तहको निर्वाचनको मत गतणनामा चित्त नबुझेपछि पुनः मत गणनाको माग गर्दै उच्च अदालत तुत्सीपुरमा परेको उजुरी खारेज भएको छ। रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ को वडाध्यक्षमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका पूर्णबहादुर मल्लले मत गणनाको क्रममा धाधली भएको भन्दै पुनः मत गणनाको माग गरेका थिए।

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ : यादव

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने माग गरेका छन्। शुक्रवार राजधानीमा आयोजित निर्वाचन पर्यवेक्षणको संयुक्त प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको समय पर्याप्य हुनुपर्नेमा जोड दिए।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन्। सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेको समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो।

दक्षिण अप्रिकामा आगामी मेमा निर्वाचन हुने

दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन्।

अमेरिकी निर्वाचनको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक अकाउन्ट (खाता) बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्