अझै खुलेन कालीगण्डकी करिडोर
भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।
भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।
सरकारले बुढीगण्डकी जलाशयलाई विद्युत्को पक्षमा मात्र सीमित रहेर खाद्य, जल आपूर्ति, भूजल भण्डारण एवम् चुरिया क्षेत्रका नदीहरूको पुनर्स्थापना लगायतका पक्षमा आँखा चिम्लन पटक्कै मिल्दैन। दुर्भाग्यवश त्यस्तो हुन गएमा सो जलाशयले दुर्लभ पानीलाई सित्तैमा भारतको उत्तर प्रदेश र विहारमा पठाउनेछ ।
बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ। विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा अहिलेसम्म १६ सय २१ वटा गाई र १६ सय १६ वटा गोरु लम्पी स्किन रोगले मरेका छन्। त्यस्तै ५० वटा भैंसी र ४ सय ५५ वटा बाच्चाबाच्छी पनि यही रोगले मरेका छन्। ‘
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।
गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।
गण्डकी प्रदेश सरकारको सय दिन सामान्य काममा बितेको छ। त्यसैले त हनिमुन पिरियडका रुपमा मानिने गण्डकी सरकारको एक सय दिनको उपलब्धिका रुपमा सामान्य कामलाई प्रमुख उपलब्धिका रुपमा उल्लेख गरिएको छ।
पछिल्लो समय पशुमा लम्पी स्कीन डढेलोसरी फैलिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा लम्पी स्कीन फैलिएको छ। हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा समेत पशुमा लम्पी स्कीनको संक्रमण भेटिएको थियो। कास्कीमा लम्पी स्कीनको संक्रमण अन्य जिल्लाको तुलनामा बढी नै देखिएको छ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन्।
प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।
हाल देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
प्रदेश खेलकुद परिषदले गण्डकी खेलकुद पदकको लागि कार्यविधि तयार पार्न आवश्यक कार्यदल बनाएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माकै अध्यक्षतामा कार्यदल बनाई आगामी भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी तोकेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।