२९ पुस २०८१ सोमबार
image/svg+xml

राजधानी पहाडमै हुनुपर्ने माग राख्दै आन्दोलन

७ नम्बर प्रदेशका सात पहाडी जिल्लाका स्थानीयले राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग राखेका छन् । सरकारले बिहीबार राजधानी तोक्ने भएपछि सात नं. प्रदेशको राजधानी पहाडमै हुनुपर्ने पहाडी जिल्लावासीले माग गरेका हुन् ।

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ।

अजेन्डा संविधान संशोधन नै हो : महन्थ ठाकुर

राजपा नेपालका संयोजक तथा राजपा–संघीय फोरमका साझा उम्मेदवार महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मतले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन थियो । निर्वाचित भएपछि उनीसँग गरिएको छोटो कुराकानी:

भीमसेन दास प्रधानसँग झक्कु सुवेदी पराजित

काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यमा काँग्रेस उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन्। उनले बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरे।

आजको रात संक्रमणकालको अन्तिम रात: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको रात संक्रमणकालको अन्तिम रात हुने बताएका छन्। प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएलगतै विज्ञाप्ति जारी गर्दै देउवाले आम नेपाली जनतालाई बधाईसमेत दिएका छन्।

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।  प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।

प्रधानमन्त्री बसेको होटल नजिकै बम

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेको धनगढीको एक होटल नजिकै बम फेला परेको छ । धनगढी उपमहानगरपालिकास्थित तारानगरमा बिहान फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।

योगदान होइन, व्यवधानको राजनीति !

चाबहिलदेखि साँखुसम्म पुग्ने १२ किलोमिटर सडक दुई वर्षदेखि निर्माणाधीन छ । सम्पन्न कहिले हुने भन्ने कुनै ठेगान छैन । कामको प्रकृति हेर्दा कतिपय खण्डमा ६÷७ जना ज्यामी मात्र काम गरिरहेको देखिन्छ । जब कि, एउटा निजी घर बनाउँदा घरधनीले त्योभन्दा बढी ज्यामीलाई काममा लगाएर आँटेको समयमा निर्माण सम्पन्न गरिरहेका छन् । त्यस्ता किसिमका सडकमा यतिबेला कम्तीमा दुई हजार ज्यामी आवश्यक मात्रामा उपकरणहरूसहित काम गरिरहेको हुनुपर्ने थियो ।

चुनाव पर्यवेक्षण गर्न थाई पूर्वउपप्रधानमन्त्री नेपालमा

२१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण गर्न थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री काठमाडौं आएका छन् । कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसन प्रमुख भई उनी यहाँ आएका हुन् । कार्टर सेन्टरको पर्यवेक्षण टोलीमा अमेरिकाका पूर्वराजदूत पिटर बर्ले पनि छन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। क्षेत्र स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्।

मधेसीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्