४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँ–१ः अघिल्लो पटक भन्दा पनि कम मत खस्यो

उपनिर्वाचन भएको तनहुँ–१ मा ५२ प्रतिशत मत मात्र खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले अघिल्लो निर्वाचनमा भन्दा पनि कम संख्यामा मत खसेको बताएको छ।

तनहुँ–१ः ४० प्रतिशत मत खसेको अनुमान, मतदान केन्द्र सुनसान बन्दै

उपनिर्वाचन भईरहेको तनहुँ–१ मा दिउँसो २ बजेसम्म झन्डै ४० प्रतिशत मत खसेको अनुमान रहेको छ। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले २ बजेसम्म ४० प्रतिशत मत खसेको अनुमान रहेको बताए।

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराइसँग अनुगमन समितिद्वारा स्पष्टीकरण माग

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँ–१ का कांग्रेस उम्मेदवार गोबिन्द भट्टराइलाई स्पष्टिकरण सोधेको छ।

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।

उपनिर्वाचन: तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।

उपनिर्वाचनः ‘हेभिवेट’ उम्मेदवारले तनहुँमा रोचक

तनहुँलाई बेलाबेला उत्तिकै चर्चामा पुर्‍याइरहन्छ। यो पटक तनहुँ फेरि पनि चुनावी चर्चामा छ। कारण–तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ। जहाँ यसअघि अनुमान गरिए भन्दा फरक उम्मेदवार चुनावी मैदानमा उत्रदैछन्।

तनहुँ–१ मा रामचन्द्र पौडेलको उम्मेदवारी

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्