२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराइसँग अनुगमन समितिद्वारा स्पष्टीकरण माग

क्याप्शन

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ।  

वैशाख ७ गते राती १२ बजेपछि (मौन अवधि सुरु भएपछि) प्रचारप्रसार गर्न नपाउने अवस्थामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै भट्टराईले भ्वाइस म्यासेज पठाएको भन्दै स्पष्टीकरण सोधेको समितिले बताएको छ।  

भट्टराईलाई २४ घण्टाभित्र स्पष्किरण पेस गर्न समितिले निर्देशन पनि दिएको छ। मुख्य निर्वाचन अधिकृतको दमौलीस्थित कार्यालयमा आफै वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न पनि समितिले निर्देशन दिएको छ। 

जिल्लास्थित एक जना कांग्रेस कार्यकर्ताले फोनमा मत मागेर भट्टराईको भ्वाइस म्यासेज आएको बताए।

प्रकाशित: १० वैशाख २०८० ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App