बाबुराम भट्टराईको दाबी: गठबन्धनको स्पष्ट बहुमत आउँछ
गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘गठबन्धनको स्पष्ट बहुमत आउने देखियो।’ अबको पाँचवर्ष गठबन्धनको स्थिर सरकार रहने उनले बताए।