२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु राप्रपामा आउनुस्ः राजेन्द्र लिङदेन

'पछाडि हट्ने होइन्, भाग्ने होइन्। म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस्। हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं।'

आफैंले जिताएका नेताबाट जनतालाई धोका भयोः अध्यक्ष लिङ्देन

उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विकास र राम्रो कामको आशा गर्नु जनताले पनि?’

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।

भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छः राजेन्द्र लिङ्देन

उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे।

लिङ्देनले दिए सांसद पदबाट राजीनामा

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर उनले चुनाव घोषणा भइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न नहुने भन्दै राजीनामा दिने घोषणा गरेका हुन्।

राप्रपा प्रवेश गर्ने मिश्रको तयारी

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।

निर्वाचनमा राप्रपा एक्लै लडेको हो: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन्।

राप्रपा बाहेक सबै पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे। उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे।

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन।

राप्रपालाई सहयोग गर्नुस्, घरमा थन्काएका नोटलाई कागजको खोस्टामा परिणत गरिदिन्छौँ: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्।

प्रमुख पार्टीलाई मत दिनु भनेको देश बर्बाद बनाउनु होः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।

ठूला दलबाट परिर्वतन खोज्नु साँढे दुहुनु जस्तै हो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान ठूला राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गर्नु साँढे दुहुन बसे जस्तै भएको बताएका छन्।

'कांग्रेस, एमाले र माओवादीले राप्रपाविरुद्ध भ्रम छरे'

'हाम्राे देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायाे भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायाैँ भने त राजा आउँछ नि त भनेर तर्साउने काम गरिराखेका छन्, याे भ्रमबाट हामी मुक्त हुनुपर्छ।'

राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्छौँ : राजेन्द्र लिङ्देन

राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्