लागुऔषध सहित १० जना पक्राउ
भक्तपुर नगरपालिका २ व्यासीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका २ व्यासीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतले प्रतिबन्ध लगाएको हजार र पाँच सयको १८ लाख भारु सहित १० जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कार्यश्वरस्थित बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।
नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।
कलंकीस्थित आफ्नो कोठामा बोलाएर युवती बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सिजुवा-८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन्।
आउँदो स्थानीय तह निर्वाचनमा अवरोध पुर्याउने क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्ता पक्राउ गरेको छ।
वैदेशिक रोजगारको लागि कोरिया पठाई दिने भन्दै लाखाैँ रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोरिया पठाइदिने भन्दै ५१ लाख रकम ठगी गर्ने धनुषा मिथिला नगरपालिका ६ का ४० वर्षीय धनपति महतोलाई पक्राउ गरेको हो ।
सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धीत एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय समूह पक्राउ परेका छन् । हजार र पाँच सयको २ करोड १४ लाखको नोट सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट बुधबार १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।
छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमकको नापी कार्यालयका एक कर्मचारी सोमबार पक्राउ परेका छन्।
धादिङको विभिन्न स्थानबाट पेस्तोल र खुँडा बोक्ने ६ जना पक्राउ परेका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ सत्यदेवीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । ८७
नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।
महाशीला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ। एकआपसमा भएको झगडाले उग्ररुप लिएपछि प्रहरीले वडा अध्यक्ष उम्मेदवारसहित २० जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हुवासमा राखेको छ।