४ वैशाख २०८१ मंगलबार

कोरोना बिर्साउने दसैं बजार

पोहोरको दसैंताका कोरोना संक्रमण केही कम भए पनि अहिलेजस्तो निष्फिक्री यात्रा भने भएन। कोरोना त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस् भन्ने र भिडबाट टाढा हुन खोज्ने धेरै भए।

कोरोना बिर्साउने ‘दसैं बजार’ (फोटोफिचर)

यो पटक कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। दुइवर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका नागरिक यो पटक ढुक्कले टाढाटाढासम्म यात्रा गर्दैछन्। त्यत्तिमात्र नभई बजारमा किनमेल गर्नेको उत्तिकै भीडभाड छ। बसपार्कमा सवारी कुर्नेको भीड पनि कम छैन। सर्वसाधारणले सकसका साथ यात्रा गरिरहेका छन्। अघिल्ला दुइवटा दसैंलाई दुखम् सुखम् पार लगाएका सर्वसाधारण यो वर्ष भने केही ढुक्कले घर फर्केका छन्।

कोरोनापछि उत्साहित दसैं बजार

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्।

दसैं बजार अनुगमन बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्