१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।

आज घटस्थापना, घर घरमा जमरा राखिँदै [फोटो फिचर]

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ। विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गर्थ्यो। यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

घटस्थापनासँगै भक्तपुरमा नौराते मेला सुरु

शनिबार दसैं सुरु भएसँगै भक्तपुरमा नौराते मेला पनि सुरु भएको छ। पहिलो दिन भक्तपुरको ब्रह्मायणीको मेला लागेको छ। भक्तपुरको पूर्वमा अवस्थित ब्रम्हायणीमा मेला भर्न आउने श्रद्धालु भक्तजनको शनिबार दिनभर भीड लाग्यो।

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा जमरा (फोटो फिचर)

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । शनिबारदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्