पदयात्रीको उपचार गर्न चिकित्सक टोली हिमालमा
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ।
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ।
एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्।
नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन्।
ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरोलाई पन्छाउन थालिएको छ। हिमपहिरोका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ।
ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन। अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।
हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।
कुनै बेला पर्यटकको आकर्षण केन्द्र बनेका यहाँका सानातिना ताल सुक्दै रहराउँदै गइरहेका छन्।
गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ।
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।
सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।
चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।
एसियाकै ठुलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले गरेका छन्।