१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् ।

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।

१० वर्षपछि खलंगामा 'लिङ्गेपिङ'

शसस्त्र प्रहरी बल जाजरकोट गुल्मले थाप्लेमा लिंगे पिङ बनाइदिएपछि स्थानीयहरुले रमाउन पाएका हुन्। पोहर सालतिर त दशैंमा पिंग खेल्नै पाइदैनथ्यो यो वर्ष भने धित मर्ने गरी पंगै ( पिङ ) खेलिन्छ रमाइन्छ , स्थानीय सीता शाहीले भनिन्।

राइनास साहित्य पदयात्रा

बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ। राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो।

दशैँ पार्श्वसंगीत

शरद ऋतुमा आधारित कैयन् धुनमध्ये मालश्री धुन सबभन्दा पुरानो वा अकथ्य मानिन्छ। नेवार जातिले माताको वन्दनामा तयार पारेको ‘माताश्री धुन’ गोर्खा जातिको हात पुगेपछि कालान्तरमा अपभ्रंश भएर मालश्री धुन हुन गएको हो।

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।

सम्झनामा दशैँ

६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा, खल्तीको दक्षिणा भुइँमा राखेर गन्दै गरेका हुन्थे।

बालापनको दशैँ

जब मालश्री धुन बज्छ, तब मलाई दशैँ आएको अनुभव हुन्छ। बाल्यकालमा बिताएको दशैँको स्मरणलाई ताजा बनाइदिन्छ। मेरो मनमा भावुकताको सवार हुन्छ र अतीतमा हराउन पुग्छु। मालश्री धुन मेरो अतीतको आलाप बनेको छ।

मोहनी महिमा

तिथिमिति मिल्ने भएकाले धेरैले दशैँ र मोहनी नखःलाई एउटै चाड भन्ठान्छन्, तर होइन। दशैँ मनाउने गैरनेवारले नेवारले दशैँ मनाउँछन् भन्ने बुझिरहेका हुन सक्छन्, खासमा यस्तो पनि होइन। नेवारले मोहनी नखः नै मनाउने हुन्। दशैँ र मोहनी फरक चाड हुन्, यी दुवै मनाउने विधि र प्रक्रिया फरक छन्।

बढी भाडा फिर्ता गराउँदै प्रहरी

काठमाडौँबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा ३ ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई दुई सय रुपैयाँ देखि चार सयसम्म बढी लिइएको भाडा प्रति व्यक्तिका दरले फिर्ता गराइएको हो।

मापसे गरेर यात्रु बोक्ने तीन चालक नयाँ बसपार्कबाट पक्राउ, एक फरार

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ। नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ। एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ।

दोब्बर भाडा असुल्दै यातायात व्यवसयी

दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ।

पत्रकारलाई दशैँ पेश्की दिन माग

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ।

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने

नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

दशैँमा पनि भएन व्यापार

जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन्। गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्