आत्मदाहको प्रयास गरेका प्रेम आचार्यले सामाजिक सञ्जालमा पोखेका भावनाहरु
बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।
बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।
प्रतिनिधिसभाको विपक्षी दलको भूमिका कांग्रेस रहने भएको छ। संसद्मा सबैभन्दा बढी सिट ल्याए पनि सरकारमा सहभागी नभएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।
मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।
शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ। सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।
प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये विश्वासको प्रस्तावका पक्षमा २६८ र विपक्षमा दुईजना उभिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक÷एक सिट जितेर स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बैठकमा तीन सांसद् अनुपस्थित रहे भने एक निलम्बित छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ।
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक कुन नियमले चलाउने विषयमा सहमति गराउन शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते आह्वान गरेकी छिन्।
प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।