१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सवा करोड ठगेको आरोपमा होटलबाटै भारतीय पक्राउ

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय प्रवद्र्धन गर्न आएका १२ भारतीय नागरिक एक करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको याक एन्ड यती होटलको रिगल हल बुक गरेर तीन दिनदेखि भारतको साइन ग्रुप नामक नेटवर्किङ प्रदायक संस्थाले आयोजना गरेको तालिमस्थलबाट उनहिरू पक्राउ परेका हुन्। पक्राउ पर्ने भारतीय नागरिकबाट नेपाली ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडांैमा उजुरीसमेत परेको छ। शनिबारकै दिन भए पनि उनीहरूको उजुरी दर्ता गरी पक्राउ परेको व्यक्तिहरूसँग सोधपुछ गरिरहेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्