भोटेकोशी बाढी : चीनतर्फ यसरी हुँदैछ खोजी तथा उद्धारको काम
चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई समयमै उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्।

