९ असार २०८१ आइतबार
image/svg+xml

जापानी सहयोगमा विद्यालय भवन

गोकुलगंगा गाउँपालिका–४ बेतालीका दुईवटा विद्यालयमा एक जापानी संस्थाको सहयोगमा सुविधा सम्पन्न भवन बनाइएको छ। २०७२ सालको भूकम्पमा भवन भत्किएपछि ती विद्यालयमा टहरामा पढाइ हुँदै आएको थियो।

कामका कारण जापानमा अपाङ्गता र रोगको समस्या

जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ। जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन्।

राजदूतद्वारा केएनपी जापानको अवलोकन

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगन्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापानको स्थलगत अवलोकन गरेका छन् । राजदूत मासामिचीले उद्योगको उत्पादन अवस्था र आगामी योजनाबारे जानकारी लिएको कम्पनीले बताएको छ ।

जापानी सम्राटद्वारा गद्दी त्याग

जापानी सम्राट अकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गरेको घोषणा गरेका छन्। राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित एक ऐतिहासिक समारोहकै बीच ८५ वर्षीय स्रमाट अकिहितोले गद्दी त्यागको घोषणा गरेका हुन्।

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

जापानी राजा आकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको छ। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हाे।

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

नेपाल यात्रामा नेत्सुके कला

एउटा गोही र पुतलीको आकारबीच हजारौं गुणा सानो वा ठुलोको भिन्नता हुन्छ। कमिलाको आकारलाई बिर्सेर मानिसलाई पनि कुनै बट्टाभित्र अटाउने आकारमा राख्नु कल्पना बाहिरको कुरा हो। राजधानीको जापानी राजदुतावासमा जापान फाउण्डेसनले आयोजना गरिरहेको ‘नेत्सुके कला प्रदर्शनी’मा यस्तै ठुला आकारका जीवजीवात्मा निकै सुक्ष्म आकारमा सजीव देखिए। काष्ठकलामा सुक्ष्मकलाको नमुनाका रूपमा राखिएको कलामा सुक्ष्मताबाटै पारखीले वृहत अनुभव बटुले।

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री काेनाेबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच बिहीबार (आज) बिहान भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र विदेशमन्त्री काेनाेबीच भेटघाट भएको हो।

डोटीमा प्रकोप प्रतिरोधका लागि जापानको ९ करोड सहयोग

डोटीका समुदाय र विद्यालयहरुमा प्रकोप न्युनीकरण तथा प्रतिरोध कार्यक्रम सञ्चालन गर्न जापान सरकारले ९ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

उरुतोरा जापानीज रेस्टुरेन्ट

दुबईमा केही वर्ष काम गरेर अनुभव बटुलेका हरिश वस्तीले वाइन र बारका विशेषज्ञता समेत अध्ययन गरेर आएका छन्। विगत केही महिनादेखि उरुतोराको फुड र बेभरेज व्यवस्थित गरिरहेका उनले हामीलाई यहाँका स्वादिला खान्कीबारे जानकारी गराए।

अब अनलाइनबाटै जापानी भाषा परीक्षा

जापानी भाषाको परीक्षा अबदेखि अनलाइनबाटै लिइने भएको छ। मोग सर्भिस नेपालले स्वदेशमै पहिलोपटक अनलाइनबाट भाषा परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

माया भन्ने चिज यस्तै होः राजकुमारीले शाही उपाधी त्यागिन्

जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई रोजिन् र शाही उपाधी त्यागेकी छिन्। राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन्।

भान्सामा कुटनीति !

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे।

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्