१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अब अनलाइनबाटै जापानी भाषा परीक्षा

काठमाडौं – जापानी भाषाको  परीक्षा अबदेखि अनलाइनबाटै लिइने भएको छ। मोग सर्भिस नेपालले स्वदेशमै पहिलोपटक अनलाइनबाट भाषा परीक्षा दिन पाउने व्यवस्था गरेको हो। ‘अहिलेसम्म जापानी भाषाको सबै परीक्षा लिखित रुपमा लिइँदै आएको थियो,’ मोगका सिइओ ओमहरि प्रजापतिले भने, ‘अबदेखि अनलाइनबाटै विद्यार्थीले परीक्षा दिन पाउनेछन्। साथै परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सक्नेछन्।’

विद्यार्थी तथा सेवाग्राहीलाई सजिलो, छिटोछरितो तुल्याउन जापानको एनएसजी गु्रपले सञ्चालन गरेको सर्टिफाई इन्कसँगको सहकार्यमा मोग सर्भिसले प्राक्टिकल जापानी कम्युनिकेसन (पिजेसी ब्रिज) परीक्षा सुरु गर्न लागेको हो। यो परीक्षा प्रणालीलाई जापानको अध्यागमन विभागले मान्यता दिएको दाबी मोग सर्भिसको छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App