१४ असार २०८१ शुक्रबार
image/svg+xml

उर्जामन्त्री पुन र जापानी राजदूतबीच भेट

उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

जापानी फिल्म कान्समा उत्कृष्ट

गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम डी ओर’ पुरस्कार जित्न सफल भएको छ । जापानी निर्देशक हिरोकाजु कोर–एडा निर्देशित फिल्मले परिवार के ले बन्छ भन्ने कुरालाई रोचक तरिकाले प्रस्तुत गरेको छ ।

नेपालमा जापानी लगानी भित्र्याउन सेमिनार

नेपालमा जापानी लगानी र जापानी पर्यटक भित्र्याउने उद्देश्यले जापानको औधोगिक नगरी नागोया शहरमा लगानी सेमिनार सम्पन्न भएको छ।

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए।

जापानीलार्इ वान्स माेर

चितवनको इच्छाकामना गाउँपालिका चेपाङ गाउँमा ‘रेशम फिरीरि, रेशम फिरीरि उडेर, जाउँकी डाँडामा भञ्ज्याङ, रेशम फिरीरि’ गीत गुञ्जिएपछि चेपाङ समुदाय दिल खोलेर नाचे । चेपाङ बस्तिमा जापानका लोकप्रिय गायिका आओइ सानोले रेश फिरीरि गाएपछि सबैले उनलाई साथ दिए।

नेपालमा जापानी लगानी बढाउन माग

नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ।

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एकजना विदेशीको ज्यान गएको छ । खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लबुचेमा जापानी नागरिक ४० वर्षीय कोजी क्वाजुङचीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एक जना विदेशी नागरिकको ज्यान गएको छ । खुम्बु –पासाङल्हामु गाउँपालिका–४ लबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

जापानी बाबुलाई १३ सन्तानको अधिकार

थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

दुई जापानी सेमिफाइनलमा

जापानका ताइयो हिरानो र ताइसेई कागेयामाले बिहीबार जित हासिल गर्दै नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेपाल लन टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा ताइयोले भारतका नाइथाओलिन काल्भिन गोल्मेईलाई ५–७, ६–४, ६–४ को नतिजामा हराए भने कागेयामाले पनि भारतकै प्रतिद्वन्द्वी जसभिन सिदानामाथि ४–६, ७–५, ७–५ को सेटमा पराजित गरे ।

जापानी राजकुमारीको विहे स-यो

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्।

शिकोकु : बौद्ध र जापानी धरोहर

बौद्ध धर्ममा तीर्थयात्राको ठूलो महत्व छ । बहुसंख्यक जापानीहरू बौद्धमार्गी छन् जसले गर्दा जापानमा तीर्थयात्राको क्रमिक रूपमा विकास हुँदै गएको पाइन्छ । हेइयन कालमा सम्भ्रान्तहरूमाझ मात्र कायम रहेको तीर्थयात्राको क्रम इडो कालमा सर्वसाधारणमाझ पनि प्रख्यात भएको देखिन्छ । जापानी नागरिक सिन्नो तोशीकाजका अनुसार तीर्थयात्रालाई जापानी धर्मको एक प्रमुख आधार स्तम्भका रूपमा लिएको पाइन्छ ।

जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्ने

जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्ने भएका छन्। उनले जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्