‘घरको काम छोडेर बाहिर किन गएको?’
पहेंलो मजेत्रो टाउकोमा गुथेर रातो पछ्यौरीसँगै चोली र लुंगीमा एक महिला भिडभित्र प्रवेश गर्दै यताउता कसैलाई खोजे जसरी आँखा डुलाउछिन्। नेपथ्यबाट उनै महिलालाई सम्बोधन गरी कुनै पुरुष बोल्न थालेपछि सर्वसाधारणको ध्यान त्यही पुरुषतर्फ मोडिन्छ।