१७ असार २०८१ सोमबार
image/svg+xml
कला

नेपथ्यको मुलुक यात्रा बिर्तामोडबाट सुरु

तस्बिर : सौरव माएर / नेपालय

बिर्तामोड - लोकरक ब्याण्ड नेपथ्यले बिर्तामाेडमा प्रस्तुती दिएकाे छ। नेपालका प्रमुख ४ शहरमा अाफ्नाे प्रस्तुती दिने क्रममा नेपथ्यले पहिलाे प्रस्तुती बिर्तामोडमा दिएकाे हाे। मंगलबार डोमालाल राजवंशी रंगशालामा नेपथ्यले अाफ्ना पुराना तथा नयाँ गीत प्रस्तुत गरेकाे थियाे।

‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ को नाराका साथ यहाँ कन्सर्ट आयोजना भएको थियो। ब्याण्ड २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभर घुम्ने कार्यक्रमलाई निरन्तरता दिइएकाे व्याण्डले जानकारी दिएकाे छ। गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै बिर्तामोडको पहिलो कन्सर्टको सम्झना गरे। ‘त्योताका नेपाल त्रासमा बाँचेको थियो जतिबेला साँझ यसरी कार्यक्रम त परको कुरा हिँडडुल गर्न पनि अप्ठेरो थियो,’ उनले भने, ‘अहिले यहाँ हजारौं मानिस यो झिलिमिली बत्तीका साथ यस डोमालाल राजवंशी रंगशालामा रमाइलो गरिरहेको देख्दा अब उज्यालो भविष्यको संकेत मलाइ बिर्तामोडले दिएको छ।’

कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरु मद्दत गर्ने जानकारी आयोजकले दिएकाे छ। बिर्तामोडपछि नेपथ्यको यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।

प्रकाशित: ५ मंसिर २०७५ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App