सहज रूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसको अवसरमा संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराए।