७ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्वतमा उच्च सतर्कता

कास्की पोखरामा डेंगी संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि छिमेकी जिल्ला पर्वतमा पनि उच्च सतर्कता अपनाइएको छ। पर्वतमा डेंगीको लक्षण देखिएमा यो रोग सार्ने लामखट्टे नियन्त्रणमा लिने र तत्काल बिरामीको उपचार गर्ने कार्ययोजना बनाइएको छ। प्रवद्र्धनात्मक र उपचारात्मक कार्य गरी डेंगी फैलिन नदिने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

पहाडमा उक्लियाे लामखुट्टे

केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले पहाडी जिल्लामा पनि देखिन थालेको छ। यातायात पहुँच विस्तारले एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत बढेपछि तराईमा पाइने डेंगी सार्ने लामखुट्टे पहाडमा पनि देखिन थालेका हुन्। जलवायु परिवर्तनको असरका कारण पनि लामखुट्टे तराईबाट पहाड उक्लिन थालेका हुन्।

प्रदेश १ मा डेंगी संक्रमण खुम्चिँदै

गत वैशाख अन्तिम साता धरानमा डेंगीका बिरामी भेटिए। बिरामीको संख्या घट्नुको साटो दिनप्रतिदिन बढ्दै गयो। डेंगी धरानमा मात्र सीमित रहेन। विस्तारै झापा, मोरङ, उदयपुरलगायत तराई र भित्री मधेसका जिल्लामा पनि यसको संक्रमण देखिन थाल्यो। पाँचथर, भोजपुर र तेह्रथुम जस्ता पहाडी जिल्लामा पनि डेंगीका बिरामी भेटिए।

दिनदिनै थपिँदै बिरामी, चिकित्सकसमेत संक्रमित

डेंगीका बिरामी बढेपछि यहाँका अस्पतालमा उपचार गर्न जाने बिरामीको भीड लागेको छ। बरालका अनुसार गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पतालमा डेंगी लागेका बिरामीको उपचारका लागि विशेष कक्ष नै राखिएको छ।

‘आफ्नो घरको लामखुट्टे नष्ट गरे डेंगी लाग्दैन’

तपाईंलाई डेंगी लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगी लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस् ! तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगी सर्न सक्छ। आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न सकिने विज्ञहरूले सुझाएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डेंगी नियन्त्रणसम्बन्धी छलफलका विज्ञ सहभागीले यस्तो उपाय बताएका हुन्।

डेंगी नियन्त्रणका लागि ललितपुर महानगरले कार्यक्रम गर्ने

ललितपुर महानगरपालिकाले डेंगी भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

डेंगीबारे छलफल र अनुगमन धेरै, उपलब्धि शून्य

करिब चार महिनादेखि धरानमा महामारीको रुपमा फैलिएको डेंगी रोग नियन्त्रण हुन सकेको छैन। महामारी नियन्त्रणका लागि आफ्नो क्षमता नभएको भन्दै स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले आर्थिक, प्राविधिक, जनशक्तिलगायत सहयोग गर्न संघीय सरकारलाई पत्राचार गरेको दुई साता बितिसक्यो। स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीहरुको टोली धरान आउने र छलफल गरेर फर्कने क्रम जारी छ। तर महामारी नियन्त्रणका लागि आवश्यक सहयोग भने उपमहानगरले पाउन सकेको छैन।

डेंगीका लक्षण र बच्ने उपाय

डेंगी एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यस्ता लामखुट्टे ग्रामीणभन्दा भन्दा सहरी क्षेत्रमा बढी हुन्छन्।

डेंगी लामखुट्टे नष्ट गर्न महानगरपालिका घरघरमा पुग्ने

काठमाडौं महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रणको लागि काठमाडौं महानगरपालिका घरघरमा पुग्ने भएको छ। महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ।

पाँचथरमा बढ्दै डेंगी संक्रमण

डेंगी संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढ्दै गएको छ। ज्वरो आएर स्वास्थ्य केन्द्रमा उपचारमा आउने बिरामीमध्ये डेंगी संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लावासी चिन्तित हुन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्