५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

यान्त्रिक अवस्था ठिक नभएका ४२ सवारी कारबाहीमा

काठमाडौँको किर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक अभियान उपलब्धिविहीन

ट्राफिक प्रहरीले फालो हटाए पनि यातायात व्यवसायीले पुनः जोडेका छन्, जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो हटाउने अभियान असफल पारिदिएका छन्। फालो हटाउने अभियान कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन्।

विद्यार्थी लक्षित चेकिङः ३७ विद्यार्थी कारबाहीमा

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

मापसे चेकिङ पनि स्थगित

कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मदक पदार्थ सेवन (मापसे) जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए।

उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्