२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सुमार्गीको कर विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

भारतमा नेपाली युवकको रोजगारी

रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।

महानगरको निमन्त्रणामा इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले भने: नेपाल साँच्चिकै सुन्दर रहेछ

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले विभिन्न स्थानको भ्रमणपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

बेल्ट एण्ड रोडबारे माधव नेपाल भन्छन्- अन्यथा नलिनुस् लाभ मिल्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)बाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन्।

घरबेटीले भाडामा बस्नेसँग विद्युतको पैसा बढी लिएः प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएको हो।

राताम्मे सेयर बजार, नेप्सेमा भारी गिरावट

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढि भएपछि समग्र सेयर बजार राताम्मे भएको हो।

राष्ट्रिसभामा पनि कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बांके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन, नेताले भने, ‘लड्ने नै हो भने मैदानमा आउ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधिको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष ‘प्रचण्ड’को समेत पुत्ला दहन गरेको हो।

गृहमन्त्रीलाई गगनको प्रश्नः हाम्रो सभापतिको हात भाँच्ने नेकपा नेता कहिले पक्राउ पर्छन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्।

नेपालमा लगानीबारे जापानी कम्पनीसँग अन्तरक्रिया

अन्तराष्ट्रिय समुदायले नेपाललाई अहिले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य रहेको बताए। ‘पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ‘नेपालमा युवाको संख्या धेरै भएकाले लगानी गर्दा युवाहरुले रोजगार पाउँछन्।’

नेपालगन्ज घटनाको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग सांसदको सवाल जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

राम्रो स्क्रिप्ट हुँदैमा गतिला नेपाली फिल्म बन्दैनन्

नेपाली फिल्ममा तुलनाा १५ प्रतिशत महिला सहभागिता रहेको सन्दर्भमा महिलाले आफ्नो अस्तित्व स्विकार्न सकेका छैनन्। १० जना पुरुषलाई महिला एक्लैले पिटेको दृश्य राख्दैमा त्यो फिल्मले महिलालाई स्ट्रोङ रुपमा देखाएको भन्न मिल्दैन्।

तरुण दलको भाँडभलौ सतहमै छताछुल्ल

नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ।

प्रहरीले र सिडिओले शान्ति सुरक्षा दिने हो, सत्ता पक्षका गुण्डाको संरक्षण गर्ने होईन्ः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको सितापुरमा भएको घटनाका दोषीलाई कारबाही नहुँदा सम्म आफुहरुले निरन्तर दबाव दिने बताएका छन् । ‘बाँके घटनाका दोषीलाई प्रहरीले अविलम्व कानुनी दायरामा ल्याओस्, होईन नत्र सदन चल्न दिदैनौं,’ उनले भने ।

१५ मिनेट धर्नामा कांग्रेसकाे प्रश्नः प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि आक्रमण गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्