९ असार २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा लगानीबारे जापानी कम्पनीसँग अन्तरक्रिया

काठमाडौं– नयाँ टेक्नोलोजीको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ। आइतबार होटल अन्नपूर्णमा दुबै देशका सरकारका प्रतिनिधि र लगानीकर्ताहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भएको हो।

मेकइन नेपाल इन्भेष्टमेन्ट प्रालिको आयोजनामा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिले लगानीको हिसावले नेपालमा राम्रो र महत्वपूर्ण अवस्था रहेको भन्दै लगानी गर्न आग्रह गरेका छन्। अन्तराष्ट्रिय समुदायले नेपाललाई अहिले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य रहेको बताए। ‘पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ‘नेपालमा युवाको संख्या धेरै भएकाले लगानी गर्दा युवाहरुले रोजगार पाउँछन्।’ नेपालको हावापानी राम्रो र सुन्दर मुलुक भएकाले उनले सन् २०२० मा जापानीहरुलाई छुट्टीको समय नेपाल आएर बिताउन आग्रह गरेका थिए।

मेकइन नेपाल इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रमेश पौडेलले अहिलेको सरकारले सुखी नेपाल, सम्वृद्धि नेपालीको नारा लिएर अगाडी बढेकाले देशमा लगानीको वातावरणसमेत राम्रो र अनुकुल भएको बताए। नेपालका युवाहरुको साथमा विभिन्न क्षेत्रमा जापानीहरुले लगानी गरेर सुन्दर नेपाल बनाउन सहयोग गर्न आग्रह गरेका थिए।

लगानी कर्तालाई प्रोत्साहन गर्न कतिपय कानुन बनिसकेको र कतिपय बनदै गरेको अवस्थामा थप लगानी मैत्री बनाउन सहयोग गर्ने लगानी बोर्डका प्रवक्ता माहाप्रसाद अधिकारीले बताए। अब सबैको ध्यान लगानीतिर गएको उनको भनाई थियो।

जापानी कम्पनी जि होल्डिङलगायत चार वटा कम्पनी उक्त कार्यक्रममा सहभागी भएका थिए। उनीहरुले टेक्नोलोजिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका थिए। हावाबाट पानी निकाल्ने, प्लाष्टिकबाट तेल निकाल्ने र गुडीरहेको गाडी, मोटरसाइकल टेप्पोलगायतबाट विजुली निकाल्न सक्ने उनीहरुको धारणा थियो।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपालमा जापनी टेक्नोलोजि भित्र्याएर नेपाली युवालाई सिकाउनसमेत आग्रह गरेका थिए। नेपालको पूर्वाधार क्षेत्रमा लगानीका लागि अहिले उपयुक्त अवसर रहेको बताए। ऊर्जा, यातायात, पर्यटन, कृषि तथा खाद्यप्रविधिलगायतका पूर्वाधारमा लगानी गर्न पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जापानी लगानीकर्तासमक्ष आग्रह गरेका छन्।

प्रकाशित: २९ भाद्र २०७६ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App