२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विपिले शशांकलाई भनेका थिए ‘तिमी २५ वर्षमा पनि कम्युनिस्ट छौ भने तिम्रो दिमाग छैन’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गरेका छन्।

१२ बुँदे समझदारीमा भारतको हात छैन : नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन्।

मुस्लिम संघको निर्णयः अनुशासन कमिटी गठनदेखि १ लाख मुस्लिमलाई सदस्यता वितरणसम्म

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले अनुशासन समिति गठनदेखि एक लाख मुस्लिमलाई सदस्यता वितरणसम्मका निर्णय गरेको छ। संघका अध्यक्ष अध्यक्ष अब्दुल सतारले पत्रकार सम्मेलनमार्फत ७ वटा निर्णय सार्वजनिक गरेका छन्। जसअनुसार आगामी मंसिर महिनाभित्र १ लाख मुस्लिमलाई  क्रियाशील सदस्य बनाउने संघको लक्ष्य छ।

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

'पशुपतिमा राष्ट्रिय गान बज्दा दाहसंस्कार गर्न आएको मान्छे पनि उभिने?'

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रमभन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने निर्देशन धर्म, संस्कृति र परम्परा विरोधी भएको बताएका छन्।

जित्नैपर्ने दबावका साथ नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्नका लागि पनि आजको खेल जित्नै दबाव छ। नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

सकियो कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश ३ का महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ।

रुसमा नेपाली युवकको हत्या

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ बर्षीय राजकुमार यादवको हत्या गरेका हुन्।

सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्न तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

चीन नेपालको भरपर्दो विकास साझेदारः अध्यक्ष दाहाल

नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन्। चिनियाँ व्यवसायीलाई शनिबार राजधानीमा लगानीका लागि आह्वान गर्दै उनले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए।

मनमा नेपाल

बेलायत बसेर गीत तथा मुक्तक लेख्दै आएका स्रष्टा सागर सिल्वालको एक साथ दुई कृति सार्वजनिक भएको छ। उनको मुक्तक संग्रह ‘सागरको संगम’मा परिवार, मायाप्रेम, जीवनका भोगाई, राजनीति, धर्म र आमाबुबासम्बन्धी मुक्तक छन्।

प्रिजजिङ राउन्ड सम्पन्न

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

नेपालगन्ज उपमहानगरको बचाउमा दैलेख जिसस

जिल्ला समन्वय समिति दैलेखको बैठकमा जिल्लासभा सञ्चालन गर्ने अजेन्डा मात्रै थियो। गाई ल्याउनेबारे कुनै छलफल भएको थिएन।

यस्ताे छ चिनियाँ विदेशमन्त्री वाङकाे भ्रमण तालिका

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै छन्।

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला जग्गामा हुने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्