२५ असार २०८१ मंगलबार
image/svg+xml

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छः सञ्चारमन्त्री

‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’

भारतसँगको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छ: मन्त्री कार्की

‘भारतसँगको सम्बन्धले नेपालको विकासमा थप योगदान पुग्नेछ,’ शनिबार धरानमा नेपाल प्रहरी विद्यालयको भवन उद्घाटन समारोहमा मन्त्री कार्कीले भने। उनले नेपालले सबै राष्ट्रसँग सुमधुर सम्बन्ध राख्दै आएकोमा भारतले नेपालको हरेक विकासमा सहयोग गर्दै आएको प्रष्ट्याए।

गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्छ: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन्।

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ।’

दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताए।

नागरिकता विधेयक पारित हुन्छ, राष्ट्रपति र संसदबीच टकराव हुनु ठिक होइनः मन्त्री कार्की

‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणिकरणका लागि पठाइएको थियो। तर अहिले राष्ट्रपति जीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ। त्यो विधेयकलाई फेरि प्रतिनिधि सभाले अगाडि जसरी पारित गरेको थियो। त्यसरी नै पारित गरेको छ। अब राष्ट्रिय सभामा पारित हुनेछ।'

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छः मन्त्री कार्की

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए।

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

निर्वाचन गठबन्धनका नेतालाई जिताउन मात्र हैन: मन्त्री कार्की

'गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ', सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने।

दश वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौ: सञ्चारमन्त्री

मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने बताए। अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञान सम्बन्धी विषयलाई समावेश गरिएको छ।

निर्वाचनप्रति एमालेले असन्तुष्टि जनाइरहेका बेला सञ्चारमन्त्रीद्वारा स्पष्टीकरण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

अबको दश वर्षपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्: सञ्चारमन्त्री

‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्। हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस्। हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौं। यो अठोटका साथ हामी अगाडि बढौं।'

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्