१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतसँगको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छ: मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँगको सम्बन्ध अझ सुदृढ बनाएर लैजानुपर्ने आवश्यता रहेको बताएका छन्। उनले भारत र नेपालबीच ऐतिहासिक तथा सदैयौ देखिको घनिष्ट सम्बन्ध रहेकाले गर्दा नेपालको विकासका लागि थप सुदृढ हुनुपर्ने बताए।

‘भारतसँगको सम्बन्धले नेपालको विकासमा थप योगदान पुग्नेछ,’ शनिबार धरानमा नेपाल प्रहरी विद्यालयको भवन उद्घाटन समारोहमा मन्त्री कार्कीले भने। उनले नेपालले सबै राष्ट्रसँग सुमधुर सम्बन्ध राख्दै आएकोमा भारतले नेपालको हरेक विकासमा सहयोग गर्दै आएको प्रष्ट्याए।

उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षाका लागि पनि भारतले सहयोग गदैै आएको बताए। भारत सरकारको चार करोड लागतमा धरानमा नेपाल प्रहरी विद्यालयको भवन निर्माण भएको हो। सो क्रममा नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपालको विकासमा भारत सरकार सँधै तयार रहेको बताए।

यसैबीच, मन्त्री कार्कीले चक्रघट्टीमा आयोजित कार्यक्रममा भारतले नेपालको विकासमा सहयोग गर्ने मध्ये अग्रणी भूमिका खेलेको बताए।

प्रकाशित: ११ भाद्र २०७९ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App