२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'टीकाटालो'मा बेहुलालाई बैंक अफ इन्डियाको चेक

केटी पक्षले बेहुला केटाको हातमा ‘पुजाई’को विधिमा द्रव्यको संकल्प गर्दा नगदको साटो चेक हालिदिएको यो सायद पहिलो घटना हुनुपर्छ। भारतको जमसेदपुरबाट केटी पक्ष टिकाटालोको लागि वीरगन्ज आइपुगेका हुन्।

पाकेटमार चेक साट्न बैंक पुगेपछि...

तीनकुने बस्ने केशवराज फुलारा सोमबार नयाँ बानेस्वरबाट कुपण्डोल तर्फ सार्वजनिक यातायातमा जाँदै थिए। बसमा अलि भिड थियो। त्यही भिडमा उनको पकेट मारियो। तत्काल पुलाराले थाहा पाएनन्। जव बसबाट ओर्लिएर उनले गाडी भाडा तिर्न पर्स निकाल्न खोजे त्यति बेला उनी झ्सकिए। पकेटमा पर्स थिएन। त्यतिबेला मात्रै उनले आफु लुटिएको चाल पाए।

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो।

बैंक कर्मचारी मृत फेला

बिराटनगर उपमहानगरपालिका–१९ घर भई तानसेन नगरपालिका–१० गैरागाउँ डेरा गरी बस्ने त्रिवेणी विकास बैंक पाल्पामा कार्यरत ३५ बर्षीय रितु राई मृत अवस्थामा फेला परेका छन्।

भारुको प्रतिबन्धले नेपालमा असर, ५०० र १००० कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको छ।

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

चालु अर्थिक वर्षको पहिलो ३ महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो ।

राष्ट्र बैंकमा १० हजार किलो सुन

नेपाल राष्ट्र बैंकमा कति सुन होला ? धेरैको जिज्ञाशा यस्तै हुनसक्छ । तर राष्ट्र बैंकमा भएको सुनबारे सजिलै आँकलन गर्नु मुस्किलको कुरा हो ।

अर्थतन्त्र सकारात्मक दिशातर्फ :  राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। तर, रेमिटेन्सको वृद्धिदरमा आएको सुस्तताका कारण अर्थतन्त्र सुधार हुन सक्ने सम्भावना देखिँदैन। गत आर्थिक वर्षको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिटेन्स अहिले जम्मा ६.६ प्रतिशतले मात्र बढेको छ।

नयाँ मर्चेन्ट बैंक खोल्न रोक

नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)लाई सञ्चालन अनुमति नदिने भएको छ। अहिलेको बजार अनुसार १९ मर्चेन्ट बैंक धेरै भएको भन्दै थप १० ले स्वीकृति पाएपछि नयाँ मर्चेन्टलाई सञ्चालन अनुमति नदिने जनाएको छ।

बैंकमा लकर अभाव

काठमाडौं- बैंकहरुमा लकरको अभाव भएको छ । घर तथा डेरामा बहुमूल्य वस्तु राखी दसैंमा टिका लगाउन उपत्यकाबाहिर जाँदा असुरक्षित हुने देखेर सर्वसाधारण नागरिक सुरक्षित हुन खोज्दा लकरको अभाव देखिएको हो।

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

काठमाडौँ- प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ।

बैंकको प्रचारमा राजेश हमाल

एनएमबी बैंकको प्रचारमा राजेश हमाल जुटेका छन्। उनले लुम्बिनी अञ्चलका विभिन्न पाँच जिल्लाहरुमा एक घर एक खाता योजना अनुसार सेवाग्राहीको घरमै पुगेर खाता समेत खोलेका छन्।

पुँजी वृद्धिबारे के भन्छन् बैंक–वित्तीय संस्थाका ३ सिइअाे ?

वाणिज्य बैंकले आगामी असार मसान्तभित्र ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्