काठमाडौं– एनआइसी एसिया बैंकले मोबाइलबाट सञ्चालन हुने ‘मो–बैंक’ एप बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
सूचना र बैंकिङ सेवालाई एकीकृत गरी बनाइएको यस सेवाले ग्राहकलाई अझ सुदृढ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । अत्याधुनिक मोबाइल एप्लिकेसन भएकाले बैंकिङसम्बन्धि सूचना प्राप्त गर्न सजिलो हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
फन्ड ट्रान्सफर, युटिलिटी बिल पेमेन्ट, चेकबुक माग लगायत सेवा आधुनिक प्रविधि र सुरक्षित तवरबाट बैंकिङ सुविधालाई अझ प्रभावकारी बनाउने बैंकले जनाएको छ ।
प्रकाशित: १० मंसिर २०७३ ०३:३१ शुक्रबार